८ लाख ४० हजारको आइफोनसहित राजु पक्राउ
कैलाली | भदौ १७, २०८१
तस्बिर फाइल
कैलाली: प्रहरीले कैलालीको धनगढी विमानस्थलबाट रु आठ लाख ४० हजार मूल्य बराबरका आइफोनसहित एक जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडका २७ वर्षीय राजु चौधरी रहेका छन् ।
चौधरीलाई आज धनगढी विमानस्थलको दक्षिणतर्फका यात्रु प्रवेशद्वारबाट भित्र प्रवेश गर्दा सोही प्रवेशद्वार नजिकको एक्सरे मेसिनमा जाँचका क्रममा आइफोनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
चौधरीले काठमाडौँ पठाउने भनि कार्टुनमा प्याक गरी ल्याएका एप्पल कम्पनीका २१ वटा आइफोन बरामद गरिएको उहाँले जानकारी दिनुभयो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

